free website hit counter

वित्तीय साक्षरता बढाउँदै मेगा बैंक

beemaadmin
२०७६ माघ ९, बिहीबार

 

काठमाडौं । सामाजिक उत्तरदायित्वका काममा होस् या बैकिङ चेतना अभिवृद्धिका काममा होस् मेगा बैंक नेपाल लिमिटेड अग्रणी भूमिकामा देखिने गरेको छ । मेगा बैंकलेले सुर्खेतमा नेपाली सेनाका लागि वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

देशका बिभिन्न ठाउँमा वित्तीय साक्षरता विविध कार्यक्रम गरिसकेको मेगा बैंकले सुर्खेतस्थित नेपाली सेनाको उत्तरपश्चिम तालिम शिक्षालय लेखपर्सामा एक दिवसीय वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा मेगा बैंक सुर्खेत शाखाका प्रबन्धक बिक्रम थापाले वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाली सेनाका प्रमुख सेनानी विशाल सिंहले सेनालाई वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम गरी बैंकिङ प्रक्रिया, सेवा, सुविधाका बारेमा जानकारी गराइदिएकोमा धन्यवाद व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार