free website hit counter

वित्तीय साक्षरता विस्तारमा प्रभु बैंक

beemaadmin
२०७६ फाल्गुन २८, बुधबार

काठमाडौं । प्रभु बैंक लिमिटेड र नेपाल आर्थिक पत्रकार समाज (सेजन)को संयुक्त आयोजनामा संखुवासभाको विकट क्षेत्र चिचिला गाउँपालिकामा एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष पाशाङनुर्वु शेर्पा सहभागि उक्त कार्यक्रममा गाउँपालिकाका स्थानीयबासीहरुलाई बैंकिङ्ग कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने कार्य भएको छ ।

कार्यक्रममा चिचिला गाउँपालिकाका स्थानीय प्रतिनिधी, समाजसेवी, कृषक, व्यापारी, बुद्धिजिवी, नागरिक समाज लगायतका व्यक्तिहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।एक दिने वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका पुर्व कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा आप्mना भनाईहरु राख्दै स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने बारेमा बताउनुभयो । चिचिला क्षेत्र विकट एवं दुर्गम क्षेत्रका रुपमा परिचित भएको भए तापनि नगदेबालीको रुपमा अलैंची खेती र आन्तरिक एवं बाह्य पर्यटनलाई व्यवस्थित गर्नको लागि स्थानीयबासीहरु नै अग्रसर भई लागेमा आर्थिक रुपमा सम्पनन हुन सकिने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शेर्पाले दुर्गम क्षेत्र चिचिलाका जनप्रतिनिधी र स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराउँदै पिछडिएको यस क्षेत्रमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेकोमा आयोजक प्रभु बैंक र सेजनलाई विशेष धन्यबाद दिनुभयो । कार्यक्रममा सेजनका अध्यक्ष भीम गौतम, बरिष्ठ पत्रकार दिपेन्द्र बान्तवा एवं प्रभु बैंक खाँदबारी शाखा कार्यलयका शाखा प्रमुख सुमन बस्नेतलगायतले वित्तीय व्यवस्थापनबारे भनाईहरु राखेका थिए । प्रभु बैंक र सेजनको संयुक्त आयोजनामा सम्पन्न यस वित्तीय साक्षरता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रमबाट सहभागी सबैले वित्तीय व्यवस्थापन र यसको सदुपयोग गरी आयअर्जन गर्ने सम्बन्धमा आधारभूत ज्ञान प्राप्त गर्न सफल भए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार