free website hit counter

विदेशमा हुनुहुन्छ ? यसरी बढाउनुहोस् रोग प्रतिरोधी क्षमता

beemaadmin
२०७६ चैत्र २७, बिहीबार

बिदेशमा रहनुभएका आदरणीय बुवाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु
अहिले तपाईंहरू यो शताब्दीकै अकल्पनीय मोडमा हुनुहुन्छ | यहाँहरु भित्र अन्तर्निहित राष्ट्रप्रेम, संस्कृतिप्रेम तथा उदार मनको कारण नेपालमा भएका भूकम्प, बाढी तथा अन्य प्राकृतिक बिपत्तिमा पुर्याउनु भएको योगदान अतुलनीय छ | परिस्थितिजन्य कारणले यहाँहरु जुन देशमा रहेपनि मन नेपालमै रहेको हामी सबैले महशुष गरेका छौं |
आफु बसेको देश तथा सहरमा भइरहेको हताहत तथा बढ्दो संक्रमितको संख्याले यहाँहरु जुन पीडामा हुनुहुन्छ, त्यो हामीले अनुमान गर्न सक्छौं | यस्तो बेला यहाँहरुले दह्रो आत्मबल, संयम तथा धैर्यता राख्नु जरुरि छ | हाम्रो सानो हेल्चेक्र्यांइले आफ्नो तथा परिवारको स्वास्थ्यमा अकल्पनीय अवस्था आउन सक्छ | तसर्थ फुकी फुकी पाइला चाल्नु अत्यावश्यक छ |
यस्तो बेला शारीरिक, मानसिक तथा आध्यात्मिक स्वाथ्य बलियो बनाउन सम्भव भएका यी उपायहरु आजदेखि नै अपनाउनुहुन बिनम्र अनुरोध गर्दछु |

– रोगसँग लड्ने इम्युनिटी पावर बढाउनको लागि सुपरहर्ब जस्तै मोरिंगा, गानोडर्मा, जिन्सेन, जिंकोबाइलोबा, यार्सागुम्बामध्ये जे जे पाउनुहुन्छ, अनलाइन खरिद गरेर नियमित सेवन गर्नुहोला |
– Vitamin C, B6, B12, E Zinc भएको Multi Vitamin तथा fish Oil नियमित सेवन गर्नुहोला | यसले तपाइंको रोग प्रतिरोधात्मक क्षमता बढाउनुको साथै भाइरसको Mulltiplication लाई रोक्न मद्दत गर्दछ |
– चिनियाहरुले अपनाएको बिधि तातोपानी दिनमा ५-६ गिलास पिउने, दिनमा १-२ पटक पानीको बाफ लिने, सुप खाइरहने गर्नुहोला |
– खानामा नेपाली मसलाका अत्यधिक Variety प्रयोग गर्नुहोला | जस्तै : लसुन, प्याज, बेसार, मरिच आदि ||
– सागसब्जी तथा फलफुल नियमित सेवन गर्नुहोला |
– घरभित्र हल्का व्यायाम, योग तथा ध्यान गर्नुहोला |
– दैनिक डायरी लेख्ने बानी गर्नुहोला |
– कमेडी सो, फ्लिम, पुस्तक, Motivational Speech तथा पारिवारिक माहोलमा कोरोना कहर ब्यबस्थापन गर्नुहोला | सामाजिक संजालले चिन्ता बढाउने काम गर्छ | तसर्थ यसको प्रयोग एकदम कम गर्नुहोला |
– रातमा ७-८ घण्टा र दिनमा १ घण्टा सुत्ने गर्नुहोला |
– तनाब, चिन्ता तथा पीरलर इम्युनिटी पावर घटाउँछ | तसर्थ आत्मबलको प्रबर्धन गर्न मनोरंजन गर्नुहोला |
– घरमै ब्लडप्रेसर तथा Blood Glucose हेर्दै गर्नुहोला | ( BP Set तथा Glucometer बाट ) ||
– नियमित औषधिसेवीहरुले औषधि नछोड्नुहोला |
– काम तथा ब्यबसायमा बेहोर्नुपरेको घाटाको चिन्ता नलिनुहोला | हामी स्वस्थ रह्यौं भने मेहेनत गरेर त्यो खाडल पुर्न सक्नेछौं |
– सामान्य रुघाखोकीसंग डर नमान्नुहोला |
– नेपालीहरु फोन / इन्टरनेटमार्फत नियमित सम्पर्कमा रहनुहोला | यसले आत्मबल बढाउनेछ |
– अबको १ महिनापछि हामीले यो कष्टबाट त्राण पाउने छौं |
– तपाईंहरु नेपालभन्दा अत्यधिक सुबिधा सम्पन्न देशको स्वास्थ्य सेवामा हुनुहुन्छ | तसर्थ संक्रमण भइहाले पनि डर मान्नुपर्दैन |

तपाईंहरू एक्लै हुनुहुन्न | हामी ३ करोड नेपाली, मातृभूमि नेपाल, आराध्यदेव पशुपतिनाथ, स्वयम्भुनाथ तथा शक्तिपीठहरु तपाईहरुसंग छौं / छन् | हरेक देशका नागरिकको आन्तरिक शक्ति फरक फरक हुन्छ | हामी सबैको आन्तरिक शक्ति पनि फरक फरक हुन्छ | हाम्रो तुलना अरुसंग हुँदैन | तसर्थ आफ्नो शक्ति र स्वास्थ्यमा विश्वास गर्नुहोला |
यहाँहरुको जीवन सुन्दर, सुरक्षित रहोस् |

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार