आत्मनिर्भर उन्मुख सख्ंयात्मक सेवा मध्ये नेपाली सफ्टवेयरको उत्पादन र प्रयोगले गति पाउन थालेको छ । डिजिटल नेपालको विकास अवधारणालाई समेट्दै साइबर ऐन लगायतका विभिन्न कानुन निर्माणलेस्थान पाउँदै गएको छ । सूचना प्रविधि पहुँच बिस्तारकालागि पूर्वाधार विकासमा सरकारी निकायबाट हाल सम्म करिब २७ अर्व लगानी भएको राष्ट्र बैङ्क तथ्याङमा उल्लेख गरिएको छ । आ.व २०७७/०७८ को बजेटमा प्रविधि विकास तर्फ कुल ५ अर्व ६४ करोड विनियोजन गरिएको छ । यो बजेट अप्टीकल फाइबर बिछ्याउने, त्यस्तै दूरसञ्चार पहुँच वृद्धिका विभिन्न परियोजनामा खर्च गरिने उल्लेख गरिएको छ । तर प्रविधि बजारलाई आवश्यक पर्ने सफ्टवेयर विकास र उत्पादन सरकारी प्राथमिकतामा परेको देखिंदैन् । जसकोकारण नेपाली सफ्टवेयर उद्योग आत्मनिर्भर उन्मुख हुन चुनौती थपिएको छ ।
नेपालका राष्ट्रिय स्तरका सफ्टवेयर कम्पनी मध्ये प्रोफेसनल कम्प्युटर सिस्टम, मण्डला, ब्रेनडिजिट, मर्कन्टाइल लगायत १० कम्पनीहरूले एकाउन्टीङ, मार्केटिङ, शिक्षा, स्वास्थ्य , बैकिङ क्षेत्रलाई डिजिटाइजेसन हुन उपयोगी सफ्टवेयर बजारमा ल्याउन सफल हुँदै आएको छ । सार्क सदस्य बगंलादेश, भुटान लगायतका राष्ट्रमा नेपाली कम्पनीका बैकिङ सफ्टवेयर प्रयोगमा आउने गरेको छ । नेपालको आयात–निर्यात सन्तुलन चुनौती पूर्ण रहेको नेपाल राष्ट्र बैकको प्रत्येक अर्धवार्षिक सर्वेक्षण रिपोर्टमा देख्न पाइन्छ । तर सन २०१९मा सफ्टवेयरको निर्यात ३७ प्रतिशत रहेको थियो र आयात भने २८ प्रतिशतमासिमित रहेको क्यान महा–सघंको बजार सर्वेक्षण रिर्पोटमा उल्लेख छ । यी कम्पनीबाट बर्सेनि प्रविधि बजारमा उपलब्ध वार्षिक ४ देखि ५ हजार आइ।टी इन्जिनियर मध्ये अधिकांशलाई उच्च पेरोलमा नेपाल भित्र रोजगारी उपलब्ध गराउँदै आएको छ । विश्व बैकले नेपाललाई दक्षिण एसियाली मुलुक मध्ये रोजगार उपलब्ध गराउने देशको सुचीमा ६८औ स्थानमा रहेको बैकको पछिल्लो रिपोर्टमाउल्लेख छ । उक्त रिपोर्टमा नेपालको बेरोजगार दर घटाउन वार्षिक २ लाख ८० हजार रोजगार सिर्जना गर्नुपर्न जनाएको छ । सूचना प्रविधिका सफ्टवेयर कम्पनीबाट रोजगार उत्पादनमा करिब ९ प्रतिशत योगदान गर्दे आएको छ । चालु आ व को १० महिनामा सरकारले भ्याट र आयकर शीर्षकमा क्रमशः १०९ र ८० अर्वसकंलन गर्न सफल भएकोमा सफ्टवेयर कम्पनीबाट ३ देखि ५ प्रतिशतसाझेदारी गरेको छ ।
यसतर्फ पूर्ण व्यवसायीक सफ्टवेयर कम्पनीहरूको सख्ंया औँलामा गन्न सकिन्छ । स्टार्ट–अप र अर्धव्यवसायी कम्पनीहरू बग्रेल्ती भेटिने गर्दछ । यी कम्पनीहरू व्यवसाय पाउनका लागि सस्तो दर भाउमा परियोजना लिनेगर्नाले स्तरीय नेपाली सफ्टवेयरको सख्ंयामा कमी आएको हो । स्टार्ट–अप कम्पनीहरूमा प्राविधिक जनशक्तिमा कमी नभए पनि उद्योग मैत्री नभएको उपभोक्ता बताउँछन् । यसले उच्च लगानीमा स्थापित कम्पनीहरूको भविष्य अन्यौलतामापरेसँगै मूल्य प्रतिस्पर्धा उत्रेका कम्पनीहरूको आयु लामो नभएको पछिल्लो बजार अध्ययनले देखाएको छ । सस्तो दरमा उत्पादन गरिएका सफ्टवेयरको मजबुत सोर्स कोड नहुनेसँगै सजिलै ह्याक गर्न सकिनेहुन्छ। फलस्वरूप नेपाली सफ्टवेयरको विश्वसनीयतामा प्रश्न खडा गरेको छ ।
सफ्टवेयर बजारका अनुसन्धानकर्ताका अनुसार नेपाली बजारमा म्यानेजमेन्टइन्फरमेसन सिस्टम ९एम।आइ।एस० को वार्षिक १।५ अर्वको कारोबार हुने गर्दछ । त्यस्तै वित्तीय क्षेत्रलाई अत्यावश्यक इन्टरप्राइजेजरिसोर्ससप्लानिङ ९इ।आर।पी० सफ्टवेयर तर्फ वार्षिक चार अर्वको व्यवसाय हुने गर्दछ । नेपालमा “साप“ ब्रान्डकाइ।आर।पी सफ्टवेयरका ठुलाव्यवसायीक उपभोक्ता कम्पनी मध्ये सूर्य नेपाल प्रा।लि र एनसेल हुन । व्यवसायलाई पूर्णतः डिजिटाइजेशन हुन सहयोग पुर्याउंदै एउटै प्लेटफर्म मार्फत कम्पनीको उत्पादनसगं सम्बन्धित प्रविधि , उपलब्ध गराइने सेवा र मानव संसाधन सँगै बजारीकरण र ग्राहक डेटा बेसको सहज व्यवस्थापन हुने गर्दछ । यस प्रकारका सफ्टवेयर खरिदमा १०–१२ करोड सम्म लगानी हुने गर्दछ । तर नेपाल टेलिकमले प्रयोगमा ल्याइएको ओराकलइ।आर।पी केही सस्तो मूल्यमा उपलब्ध हुने भएकोले सुरुवात देखि नै प्रयोगमा ल्याएको छ । वस्तु वा सेवाका लाइफ साइकल, वितरण प्रणाली त्यस्तै कम्पनीको खरिद देखि ग्राहकसगंको सम्बन्ध बिस्तारलाई प्रतिस्पर्धी बनाउन इ.आर.पी जस्ता सफ्टवेयर सहयोगी बन्ने गर्दछ । स्थानीय बजारमा एम।आइ।एस सफ्टवेयर उपल्वध गराउने ३० कम्पनी कार्यरत छन् । तर इ. आर.पी जस्ता महँगा सफ्टवेयर उपलब्ध गराउन आइ।टी नेपाल र एजाईल नेपाल गरी दुई कम्पनी मात्र छन् । दैनिक जीवनमा प्रयोग हुने विन्डोज, लिनक्स लगायतका कारोबार वार्षिक ३ देखि ४ अर्वको हुने गर्दछ ।
स्थानीय स्तरमा उत्पादन भएका सफ्टवेयर विश्व स्तरीय भए पनि मूल्य प्रतिस्पर्धामाखरो उत्रन नसकेको अवस्थामा उपभोक्ता विदेशीलाई प्राथमिकता दिने गर्दछ । यस कारण नेपाली सफ्टवेयर बजारमा विदेशीको वर्चस्व उच्च हुँदै गएको छ । उता ठुला सरकारी स्तरमा सफ्टवेयरकिनबेच सेटिङमा हुने गरेको पाइन्छ । उच्च मूल्यका सफ्टवेयर टेन्डरमा निश्चित कम्पनीलाई पोस्ने उद्देश्य सहितका सर्त राखिए पछि अन्य कम्पनी बोलकबोलमा सहभागी समेत हुनबाट वञ्चित हुने गर्दछ । हालै नेपाल आयल निगम जस्तो गौरवशाली सरकारी संस्थानले २०७६ चैत्र १७ गते इ.आर.पी सफ्टवेयर खरिदका लागि २८ करोडको ठेक्का आव्हान गरेको थियो । त्यस टेन्डरमा इन्डियनआयल कर्पोरेसनले प्रयोगमा ल्याएको त्यहिइ।आर।पी सफ्टवेयर भित्र्याउने उद्देश्य सहित त्यो ठेक्का निश्चित आपूर्तिकर्ताका लागि आव्हान गरिएको देखिएको छ। आइओसीसित स्याप (SAP) रहेकोछ। यस ठेक्कामा घुमाउरो पाराले त्यही स्याप(SAP) ई. आर. पि. ।
सफ्टवेयरनैहुनुपर्नेतोकिएकोछ, जुनसार्वजनिकसंस्थाखरिदऐनकोबर्खिलापछ। त्यस टेन्डरमा सहभागी कम्पनीहरूले उक्त सफ्टवेयर १०० प्रयोगकर्तालाई बेचेको हुनुपर्ने उल्लेख गरिएको थियो । त्यस्तैत्यस इ।आर।पी सफ्टवेयरका उपभोक्ता मध्ये ५ वटा तेल, ग्यास तथा खनिज पदार्थ उत्पादनकर्ताहुनुपर्न जस्ता सर्त राखिएको थियो । नेपालमा तेल सम्बन्धी व्यवसायीक कारोबार गर्ने नेपाल आयल निगम एक मात्र कम्पनी हो । जसको निजीकरण हाल सम्म गरिएको छैन । अर्को सर्तको बुँदामातेलकम्पनीकाआपूर्तिकर्ता हुनु पर्नेछ । नेपाल आयल निगमसँग व्यवसायीक सम्बन्ध रहेको इन्डियनआयल कर्पोरेसन मात्र हो । त्यस बोल पत्रको रमाइलो पक्ष त के छ भने सफ्टवेयरको टेन्डर आव्हानकोरोना सङ्क्रमण नियणत्रणका लागि चैत्र ११ देखि सुरु भएको पहिलो चरणको लकडाउनको मौका छोपी प्रकाशन गरिएको थियो । जसको प्रि–क्वालीफिकेसनका सर्त कुनैएकरदुईकम्पनीलाई मिल्ने गरी सेटिङ गरिएको देखिन्छ । राष्ट्रिय स्तरको संस्थानको टेन्डरमा अन्य कम्पनी सहभागी हुन नपाउने उद्देश्य राखिएपछि विदेशीलाई नेपाली सफ्टवेयर बजारमा नियन्त्रण पाउन सहज हुन्छ ।
यो एक उदाहरण मात्र हो । सरकारी , गैर सरकारी वित्तीय तथा विभिन्न निजी क्षेत्रबाट सञ्चालित उच्च मूल्यका सफ्टवेयर खरिदमा समेत विदेशीलाई मात्र ग्राह्यता दिइने मानसिकताले समेत नेपाली सफ्टवेयरले आफ्नै बजारमा पहिचान पाउनबाट वञ्चित हुनु परेको छ । सबै प्रकारका कारोबारमा प्रयोगमा आउने एकाउन्टीङ सफ्टवेयरका प्रमुख बिक्रेता विदेशी कम्पनीहरूको हालीमुहाली छ । यसतर्फ ३० भन्दा उच्च सख्ंयामा विदेशी कम्पनी क्रियाशील छ । सहकारी , थोरै सख्ंयाका लघु वित्त कम्पनी वित्तीय कम्पनीमा नेपाली एकाउन्टीङ सफ्टवेयर प्रयोगमा आएको पाइन्छ । तर नेपालभरिका आयात, निर्यात , ट्रेडिङ तथा उत्पादनशील क्षेत्रका लाखौँ कम्पनीमा विदेशी सफ्टवेयरको वर्चस्व रहेको छ । यसरी भित्रिने विदेशी एकाउन्टीङ सफ्टवेयरको हिस्सा उच्च छ , जुन सामान्य २० देखि ५० हजार रुपैंयामाउप्लव्ध हुने गर्दछ तर नेपालमा उपल्वध अन्तर्राष्ट्रिय सुविधा समेटिएको सफ्टवेयरको मूल्य न्युन्तम १ लाख रुपैंया पर्दछ । मूल्यमा प्रतिस्पर्धा गर्न नसके पछि बजार हिस्सा खस्किँदै गएको छ । अर्कोतर्फ विदेशी सस्तो पर्न भएकोले ग्राहकको रोजाइमा पर्न सफल हुँदै गएको छ ।
मोबाइल फोन , डेस्कटप ,ल्यापटप प्रयोगकर्ता एन्टीभाइरसका उपभोक्ता हुन । हाल नेपालमा मोबाइल फोन प्रयोगकर्ता १ करोड ७० लाख पुगिसकेको छ । प्रत्येक मोबाइल सेटमा ग्राहक सुविधाको लागि भरपर्दो ब्रान्डकोएन्टीभाइरस राखिएको हुन्छ । त्यस्तै विज्ञान प्रविधि तथा वातावरणअनुसार हाल नेपालमा २० लाख डेस्कटप र त्यत्ति नै सख्ंयामा ल्यापटप प्रयोगकर्ता रहेका छन् । ती उपकरणमा रसियामा निर्मित एन्टीभाइरसको प्रयोग ६० प्रतिशत छ , त्यस्तै अमेरिकन १५, भारतीय १० , र अन्य ब्रान्डको हिस्सा १५ प्रतिशत छ । विदेशी सस्तो सफ्टवेयर उपभोगकर्ताहरू बिक्री पछिको मर्मत सम्भार र प्राविधिक सहयोग नपाएर हैरानी खेपेका बजारमा थुप्रैउदाहरणहरू पाउन सकिन्छ । त्यस मध्ये केही विदेशी कम्पनी नेपाल सम्पर्क कार्यालय बन्द गरी पलायन भएका पनि छन् । नेपालमा उत्पादन भएका उच्च स्तरीय सफ्टवेयर मूल्यमा केही महँगो भए पनि प्रभावकारी र स्तरीय भएकोले विदेशीले मनपराउंछन्, तर नेपालमा अपहेलनको सिकार बन्नु परेको छ ।
(नेपाल उद्योग वाणिज्य महासंघ, सभापति, सुचना सञ्चार प्रविधि बिकाश समिति)