free website hit counter

विदेशी भूमिमा नेपाली चेलीको निधन

beemaadmin
२०७६ फाल्गुन ३, शनिबार

टोकियो । बागलुङ बुर्तिबाङ घर भई हाल टोकियो बस्दै आउनुभएकी लालकुमारी चालिसे कुँवरको उपचारका क्रममा चोफु अस्पतालमा निधन भएको छ ।
बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–३ हिल माइत र बुर्तिबाङ घर भएकी ४२ वर्षिय कुँवरको मुटुको शल्यक्रिया गर्ने क्रममा हिजो बिहीबार चोफुस्थित साकाइबारा हर्ट इन्स्टिच्यूट हस्पिटलमा निधन भएको बताइएको छ । मुटुको समस्याबाट पीडित कुँवरको करीव २० वर्ष अगाडि मुटुको भल्भ फेरिएको थियो । हालै पुनः समस्या बल्झेपछि गत फेब्रुअरी ४ देखि उहाँ उक्त अस्पतालमा भर्ना हुनुभएको थियो । मुटुको शल्यक्रिया गर्ने क्रममा शल्यक्रिया सफल नभएको हो । करीव ४ वर्ष अगाडि जापान आउनुभएकी स्वर्गिय कुँवरको श्रीमान पनि जापानमै हुनुहुन्छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार