काठमाडौं । ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैंकले शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ । उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।
यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।