free website hit counter

विद्यालयलाई सिटिजन्सको सहयोग

beemaadmin
२०७६ फाल्गुन ३०, शुक्रबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुमा अग्रणी स्थानमा रहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शिक्षामा महिलाको पहुँच तथा महिलाको स्वास्थ्यलाई ध्यानमा राखी काठमाडौंको ज्ञानेश्वर स्थित महेन्द्र भवन माध्यामिक आवाशिय बिद्यालयलाई शौचालय निर्माणको लागि पाँच लाख आर्थिक सहयोग प्रदान गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमका बीच उक्त सहयोग रकम हस्तान्तरण गरियोे । बिद्यार्थीको मानसिक बिकासमा स्वास्थ्यले ठूलोे भुमिका खेल्ने भएकोले गर्दा बिद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राखी यस बैंकले यो सहयोग गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको ‘सुखी नेपाली सम्बृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न यस किसिमको सहयोग फलदायी हुने विश्वास बैंकले लिएको छ । भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतर दायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।

सम्बन्धित समाचार