free website hit counter

विप्लवको डरले राजधानीमा सुरक्षा एलर्ट

beemaadmin
२०७६ माघ ३, शुक्रबार

काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित विप्लव समूह बढ्दो चहलपहलका कारण भीभीआईपीको सुरक्षामा सरकारले विशेष ध्यान दिएको छ । अहिले काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । गृह मन्त्रालयको निर्देशनमा उपत्यकाका भीआईपी र भीभीआईपी बसोबास तथा आवतजावत गर्ने स्थानहरुमा विशेष सुरक्षा व्यवस्था मिलाइएको बताइएको छ ।

बुधबार साँझ नागार्जुन र बालुवाटारमा एकै समयमा बम विस्फोट गराएपछि गृहमन्त्री राम बहादुर थापाले चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका थिए । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु तथा विभिन्न दलका नेताहरु बसोबास गर्ने स्थानहरुमा सुरक्षा व्यवस्था थप कडा पारिएको प्रहरी स्रोतले उल्लेख गरेको छ ।

ललिता निवास प्रकरणमा मुछिएका भूमाफिया शोभाकान्त ढकालको घरमा विप्लव समूहले माघ १ गते बम विस्फोट गराएकै दिन ललिता निवास परिसरमै कुकर बम विस्फोट भएपछि सरकारले सुरक्षमा विशेष चासो बढाएको हो ।
ललिता निवास प्रकरणमा मुछिएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव पौडेललाई विप्लव समूहले मुख्य टार्गेट मा राखेको घोषणा गरेको छ । ढकालको घरमा भेटिएको विप्लव समूहको पर्चामा महासचिव पौडेललगायत केही व्यक्तिहरुको नाम टार्गेट सूचीमा राखेको पाइएको हो ।

विप्लवको कारबाहीको लिस्टमा विष्णु पौडेल, भाभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोयल समूह, चाचन ग्रुप, केडिया ग्रुप, सारदा ग्रुप, रामकुमार सुवेदीहरुको नाम समावेश गरिएको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार