free website hit counter

विमानस्थलका कर्मचारी बैंकबाट रंगेहात

beemaadmin
२०७७ श्रावण १३, मंगलवार

बुटवल । सेवाग्राहीसँग घुस लिएको आरोपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका कार्यालय सहयोगीसहित दुई जना ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयबाट खटिएको टोलीले विमानस्थलका कार्यालय सहयोगी विश्वनाथ यादव र महेन्द्र यादवलाई भैरहवास्थित सेन्चुरी बैंकबाट रंगेहात पक्राउ गरेको हो ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा उनीहरुलाई घुस रकमसहित पक्राउ गरिएको कार्यालय प्रमुख डा। भीष्म भुसालले जानकारी दिए । सेवाग्राहीसँग घुस लेनदेन गर्न यादवद्वय सेन्चुरी बैंक पुगेर बैंकिङ कारोबार गर्दैगर्दा विशेष सूचनाका आधारमा अख्तियार टोलीले उनीहरुलाई पक्राउ गरेको डा। भुसालले बताए । पक्राउ परेका यादवद्वयमाथि थप अनुसन्धान हुने भुसालले जनाए ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार