free website hit counter

विमानस्थलबाट पक्राउ परे फरार ठेकेदार

beemaadmin
२०७६ फाल्गुन २७, मंगलवार

 

काठमाडौँ । प्रहरीको खोजी सूचिमा ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । एपेक्स बैंक घोटला काण्डमा मुछिएका क वर्गका ठेकेदार मनोज भेटवाललाई हानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। दिल्लीबाट काठमाडौं आउने क्रममा विमानस्थलबाटै भेटवाल पक्राउ परेका हुन् । उनी पुरानो बसपार्कमा निर्माणाधिन २१ तले भ्युटावरका ठेकेदार पनि हुन्।

भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो। प्रहरीले उच्च अदालत पाटनबाट अनुमति लिएर नियन्त्रणमा लिएको बताएको छ। २०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नियन्त्रणा लिएको थियो। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इन्नोभेटिभ कन्सेप्ट नेपालका नामबाट ऋण लिएको देखिएको छ।

सम्बन्धित समाचार