free website hit counter

विविध कार्यक्रमसहित सिभिल बैंकले मनायो नवौं वार्षिकोत्सव

beemaadmin
२०७६ मंसिर ११, बुधबार

काठमाडौं । सिभिल बैंकले आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका विविध कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । सो अवसरमा बैंकले विभिन्न सामाजिक उत्तर्दायित्वका कार्यक्रमका साथै नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले आफ्नो सिभिल ट्रेड सेन्टर स्थित मुख्य शाखामा तथा वार्षिकोत्सवको दिनदेखि एक महिना भित्र आयोजना हुने गरी देशभरका ४१ शाखाहरुमा रक्तदान कार्यक्रमको आयोजना गर्दैछ । बैंकका ३६ शाखाहरु मार्फत सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्यनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका छात्राहरुको छनौट गरी छात्रवृत्ति प्रदान।

व्यास नगरपालिकालाई बैंकको दमौली शाखाको उद्घाटन समारोहमा ५० थान डस्टविन प्रदान । त्यसैगरी लेखनाथ स्थित त्रिभुवन शान्ति नमुना माध्यमिक विद्यालयलाई पनि ५ थान डस्टविन प्रदान। श्री सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाई बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा १ थान प्रिन्टर प्रदान । चन्द्रनिगाहपुर शाखाको उद्घाटन समारोहमा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजार रुपैयाँको चेक प्रदान गरेको छ ।
असहाय सेवा केन्द्र नेपाललाई बैंकले दृष्टीविहिनहरुको लागि १०० थानविशेस छडी प्रदान ।

श्री आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान । पुकार डिसएबिलिटि सोसिएल सर्विस, सुरुङ्गा, झापालाई वर्षभरीको लागि खाद्यान्न प्रदान । नारायण प्राथमिक विद्यालय, विराटनगरका ५० विद्यार्थीलाई स्कूल ड्रेस प्रदान । यसैगरी बैंकले वाषिककोत्सवको अवसरमा विभिन्न तीन स्थानमा नयाँ शाखाहरु संचालनमा ल्याएको छ । बैंकले निजगढ, चन्द्रनिगाहपुर र दमौलीमा गरी तीन नयाँ शाखा संचालनमा ल्याएको हो । निजगढ शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य शम्भु प्रसाद पन्त तथा प्रमुखअतिथि निजगढ नगरपालिकाका मेयर सुरेश खनालले संयुक्त रुपमा गरे ।

चन्द्रनिगाहपुर शाखाको उद्घाटन बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गाना तथा प्रमुख अतिथि चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरीले संयुक्त रुपमा गरे । यसैगरी दमौली शाखाको उद्घाटन बैंकका अध्यक्ष इच्छाराज तामाङ्गले गरेका छन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार