free website hit counter

विश्वव्यापी स्वास्थ्य आपतकाल समाप्त भएको घोषणा

beemaadmin
२०८० बैशाख २३, शनिबार

एजेन्सी– विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ०ले ‘कोभिड–१० अब विश्वव्यापी आपतकाल नरहेको घोषणा गरेको छ। शुक्रबार डब्लूएचओले यस्तो घोषणा गरेको हो। कोराना भाइरसबारे पहिलोपटक सन् २०२० मा उच्चतम स्तरको सतर्कता घोषणा गरिएको थियो। अब शुक्रबारको घोषणासँगै महामारीको अन्त्य गर्ने दिशामा एक प्रमुख कदमका रुपमा मानिएको छ। भाइरसको मृत्युदर सन् २०२१ को जनवरीमा उच्च तहमा प्रतिहप्ता एक लाखभन्दा बढी रहेकोमा गत अप्रिल २४ मा ३ हजार ५०० मा झरेको थियो।
डब्ल्यूएचओका प्रमुखले महामारीमा कम्तीमा ७० लाख मानिसको ज्यान गएको जानकारी दिए। प्रमुख डा टेड्रोस अधानोम गेब्रेयससले मृत्यु हुनेको वास्तविक तथ्यांक आधिकारिक अनुमानको झन्डै तीन गुणा बढी (करिब २ करोड नजिक) भएको हुनसक्ने जिकिरसमेत गरेका छन्। साथै उनले यो भाइरस अझै एक महत्त्वपूर्ण खतरासमेत रहेको चेतावनी दिएका छन्। केही समयदेखि तथ्यांकको विश्लेषणका आधारमा सावधानीपूर्वक विचार गरी यो निर्णय गरेको उनको भनाइ छ। उच्च सतर्कता हटाउनुको अर्थ अब खतरा समाप्त भइसकेको नबुझ्न उनले बताएका छन्। स्थिति परिवर्तन भए फेरि आपतकालको स्थिति पुनर्स्थापित गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ।

सम्बन्धित समाचार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार