free website hit counter

विश्व कीर्तिमानी रमेश बुढाथोकीलाई सम्मान

beemaadmin
२०८३ जेष्ठ १२, मंगलवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको इलाम शाखाले कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरेको छ।

कम्पनीले एक विशेष कार्यक्रमका बीच बुढाथोकीलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गर्दै सम्मान गरेको हो। सम्मान कार्यक्रममा कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी म्यानेजर सोम सुसेलीलगायतको उपस्थिति रहेको थियो।

हालै ३० सेकेन्डभित्र कागको आवाज निकालेर सबैभन्दा धेरै काग भेला पार्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै विश्व कीर्तिमान कायम गरेका बुढाथोकीलाई उक्त उपलब्धिको कदरस्वरूप सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमका क्रममा प्रभु महालक्ष्मी लाइफले आफ्ना एजेन्सी म्यानेजर, वरिष्ठ एजेन्सी म्यानेजर तथा अभिकर्ताहरूसँग कम्पनीका भावी योजना, व्यवसाय विस्तार तथा बीमा सेवाको प्रभावकारी प्रवर्द्धनका विषयमा समेत छलफल गरेको थियो।

कम्पनीले यस्ता प्रेरणादायी व्यक्तित्वहरूको सम्मानले समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार