काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार रुस प्रस्थान गरेका छन्।
अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म आयोजना हुने ‘फर द फ्रिडम अफ नेसन्स’ (राष्ट्रहरूको स्वतन्त्रताका लागि) विषयक विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड रुस गएका हुन्।
प्रचण्डसँगै उनका प्रमुख स्वकीय सचिव गोविन्द आचार्य पनि रुस प्रस्थान गरेका छन्।
सम्मेलनमा विश्वका ६० भन्दा बढी देशका राजनीतिक व्यक्तित्व तथा प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। सम्मेलनमा विभिन्न देशका राजनीतिक दलका प्रतिनिधिहरूबीच अन्तर्राष्ट्रिय राजनीतिक विषय र राष्ट्रहरूको स्वतन्त्रतासम्बन्धी मुद्दामा छलफल हुने अपेक्षा गरिएको छ।