free website hit counter

वीर अस्पतालको निमित्त निर्देशकको जिम्मा डा सापकोटालाई

beemaadmin
२०७७ चैत्र १, आईतवार

काठमाडौं । मुलुककै जेठो वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी डा शान्ता सापकोटालाई दिइएको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा डिएन साहले डा सापकोटालाई निमित्त निर्देशकको जिम्मेवारी दिएका हुन्।

अस्पतालका निर्देशक डा केदार सेञ्चुरीको कार्यकाल आजबाट नै सकिएकाले अस्पतालको दैनिक कामकाज चलाउन डा सापकोटालाई निमित्तको जिम्मेवारी दिइएको हो। उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको जिम्मा दिइएको प्रतिष्ठानका एक कर्मचारीले जानकारी दिए। ऐनेस्थेसियोलोजिष्ट डा सापकोटा अस्पतालकी वरिष्ठ डाक्टरमध्ये पर्छिन्। अस्पतालको निर्देशकका लागि धेरै जना आकंक्षी भएकाले तत्काले निर्देशक नियुक्ती हुने सम्भावना कम भएको भन्दै उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्तको नियुक्ती दिइएको हो।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार