free website hit counter

व्यवसाय विस्तार गर्दै सिटिजन लाइफ इन्स्योरेन्स

beemaadmin
२०७६ कार्तिक २९, शुक्रबार

अर्थबीमा समाचारदाता

अधिल्लो बर्षको पहिलो त्रैमासमा १५ करोड ९६ लाख खुद बिमा शुल्क आर्जन गरेको सिटिजन लाइफ इन्स्योरेन्स आफ्नो व्यवसायमा उल्लेख्य सुधार ल्याउँदै चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ३५ लाख रुपियाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
सो जीवन बिमा कम्पनीले अधिल्लो बर्षको तुलनामा १७ करोड ९६ लाख खुद बिमा शुल्क बढाउन सफल भएको हो । यस अवधिमा कम्पनीले चार हजार २३७ बीमा लेख जारी गरी गरेको जनाएको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट २ करोड ५० लाख रुपियाँ र बीमालेख धितोमा पाँच करोड ६२ लाख रुपियाँ लगानी गर्दै १७ लाख ५१ हजार रुपियाँ आम्दानी गर्न सफल भएको उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले पाँच करोड एक लाख रुपियाँ खुद नाफा कमाएको छ जुन अधिल्लो बर्षको सोही अवधिमा दुई करोड १९ लाख रुपियाँ रहेको थियो ।
चालु आर्थिक बर्षको पहिलो तीन महिनासम्ममा सो जीबन बिमा कम्पनीको जगेडा कोषमा ३७ करोड ५० लाख रुपियाँ रहेको छ भने जीवन बीमा कोषमा ८० करोड ३८ लाख रुपियाँ सञ्चिती देखाइएको छ ।
चुक्ता पुँजी एक अर्ब ७५ करोड पु¥याएको सो जीबन बिमा कम्पनीले सर्वसाधारण लागि जारी पुँजीको ३० प्रतिशतले हुन आउने ७५ करोड रुपियाँको साधारण शेयर निष्काशन गर्ने जनाएको छ । उक्त सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब अर्ब ५० करोड कायम हुनेछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार