free website hit counter

शाखाहरूको अर्धवार्षिक गोष्ठी सम्पन्न

beemaadmin
२०७६ चैत्र ३, सोमबार

काठमाडौं । राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालयको आयोजनामा शाखा कार्यालयहरुको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । उक्त गोष्ठीको उद्घाटन सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले गरे भने सञ्चालन  संस्थानका सह व्यवस्थापक शुलक्षणा पण्डितले गरेका हुन् ।

गोष्ठीमा नायव महाप्रवन्धक महेश रिमालले  संस्थानको उपलब्धी र भावी रणनीतिबारे प्रकाश पारे भने शाखा कार्यालयका प्रवन्धकहरुले आ–आफ्नो शाखाको बर्तमान स्थिति र भावी कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

समापन मन्तव्यको क्रममा संस्थानका प्रशासक कविप्रसाद पाठकले शाखा कार्यालयका प्रवन्धकहरुले उठाएका समस्याहरुको सम्भव भएसम्म समाधान गर्दै जाने र प्रवन्धकहरुले पनि संस्थानको व्यवसायिक योजनाले निर्दिष्ट गरेका लक्ष्य हासिल गर्न अझ बढी मेहनत गर्नुपर्ने सुझाव दिए ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार