free website hit counter

शिक्षण अस्पतालमै पुगे केसी

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं ल्याइएका डा. गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । त्रिभुवन विमानस्थलबाट प्रहरीले जबर्जस्ती राष्ट्रिय ट्रमा सेन्टर लगे पनि उनी मंगलबार साँझ त्यहाँबाट बाहिरिएका हुन् । केसीका सहयोगी डा. प्रविण गिरीले केसीले ट्रमा सेन्टरमा बस्न नमानेपछि बाहिर निस्कन दिएको बताए । केसी त्रिवि शिक्षण अस्पतालतर्फ गएका छन् । उनी शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका छन् । अब त्यहीँबाट अनशनलाई निरन्तरता दिने जनाएका छन् । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।

सम्बन्धित समाचार