free website hit counter

शिखर इन्स्योरेन्सको नाफा बढ्यो, बीमा शुल्क १ अर्ब २९ करोड

beemaadmin
२०७८ श्रावण ३१, आईतवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा बढेको भए पनि ईपीएस भने घटेको छ। गत असार मसान्तसम्ममा इन्स्योरेन्सले ४७ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.६८ प्रतिशत बढी हो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क ९.४६ प्रतिशत बढेर १ अर्ब २९ करोड ७६ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको चुक्ता पूँजी ६६.३२ प्रतिशत बढेको छ भने जगेडा तथा कोष २०.३५ प्रतिशत घटेको छ। त्यसैगरी, इन्स्योरेन्सको बीमा कोष २२.५० प्रतिशत बढेको छ भने महाविपत्ती कोष स्थिर रहेको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी घट्न पुगेको छ।

Advertisement
Advertisement

समीक्षा अवधिमा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ५ पैसामा झरेको छ। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ७२।१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१८ रुपैयाँ १५ पैसा रहेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले १९ हजार १८१ दाबीबापत १ अर्ब ९८ करोड ६२ लाख रुपैयाँ भुक्तानी गरिसकेको छ भने १२ हजार ९६५ दाबी बापत २ अर्ब १ करोड २ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ।

Advertisement
Advertisement

सम्बन्धित समाचार