free website hit counter

शिखर इन्स्योरेन्सको सर्भेयर सम्मेलन सम्पन्न

beemaadmin
२०८० फाल्गुन २, बुधबार

काठमाडौं । शिखर इन्स्योरेन्सले नवीनतम जोखिम व्यवस्थापनमा सर्भेयरको भूमिका विषयक सम्मेलन सम्पन्न गरेको छ। दाबी प्रक्रियालाई सरल, छिटो छरितो बनाई दाबी फछ्यौट गर्न सर्भेयरको अहम् भूमिकालाई स्वतन्त्र, निष्पक्ष तथा प्रभावकारी बनाउन सहजीकरण गरी बीमा क्षेत्रको विकास, सर्भेयरको पेसागत क्षमता अभिवृद्धि गर्न तथा बीमा क्षेत्रमा मर्यादित भई सर्भेयरका रुपमा निरन्तर सेवामा रही कार्य गर्ने व्यक्तित्वहरुलाई उनीहरुले पुरÞ्याएको योगदानको कदरसहित सम्मान गर्नसमेत यस कार्यकमको आयोजना गरिएको कम्पनीले जनाएको छ। नेपाल बीमा प्राधिकरणका प्रतिनिधि निर्देशक पुजन ढुंगेल, शाभ्राज लामिछाने, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री, बीमा क्षेत्रमा सर्भेयरका रुपमा कार्यरत करिब १५० जना सर्भेयर तथा नेपला इन्स्योरेन्स सर्भेयर एसोसियसनबाट सम्पूर्ण पदाधिकारीहरुसमेतको सहभागिता थियो। कार्यक्रमको कि नोट नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष प्राडा फत्तबहादुर केसीले प्रस्तुत गरेका थिए। कार्यक्रममा विभिन्न सत्रमा विकसित नयाँ प्रविधि, विश्वव्यापी नवीनतम मौसमी जोखिमहरु बिश्वव्यापी उष्णतालगायत अन्य महाविपत्तिको कारण सिर्जना भइरहेको जोखिमहरुको व्यवस्थानका लागि बीमा कम्पनी तथा सर्भेयरहरुले समेत आफ्नो भूमिकालाई सबल बनाउँदै जानुपर्नेमा जोड दिइएको थियो। कार्यक्रमको समापन समारोह नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालको प्रभुख आतिथ्यतामा, विशेष अतिथि कार्यकारी निर्देशक राजुरमण पौडेल र नेपाल बीमकसंघका अध्यक्ष चंकी क्षेत्रीको सहभागिता थियो। कार्यक्रममा नेपालको बीमा क्षेत्रमा सर्भेयरका रुपमा २५ वर्षभन्दा बढी कार्य गरी बीमा क्षेत्रमा योगदान पुर्याउने नौजना सर्भेयरलाई सम्मान गरिएको थियो। सर्भेयरले पुरÞ्याएको योगदानको उच्च कदरस्वरुप सम्मानित हुने वरिष्ठ सर्भेयरहरुलाई हार्दिक बाधाइ ज्ञापन गर्दै योगदान तथा पेसागत निरन्तरताले नयाँ सर्भेयरलाई समेत प्ररेणा मिल्ने तथा सम्मेलन नवीनतम जोखिमहरुबाट भविष्यमा बीमा क्षेत्रमा आइपर्न सक्ने चुनौतीको सामनाका लागि कार्यक्रमले पूर्वतयारीका रुपमा एउटा इँटा थप्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले जानकारी गराए। नेपालमा बढ्दै गइरहेको विद्युतीय सवारीसाधनको बढ्दो अकर्षण तथा प्रयोलाई विद्युतिय सवारीको प्राविधिक विषय वस्तु सम्बन्धमा भएको प्रस्तुति तथा विद्युतीय गाडीको बीमा तथा बीमा दाबीसम्बन्धी भएको छलफलले आगामी दिनहरुमा विद्युतीय गाडीको बीमा दाबी व्यवस्थापनमा थप सहजीकरण हुने कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार