free website hit counter

शिखर इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न आग्रह

beemaadmin
२०८१ फाल्गुन २०, मंगलवार

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानीका लागि आवश्यक कागजात पेश गर्न बीमितहरुलाई आग्रह गरेको छ । कम्पनीले बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८१ मंसिर १६ गते देखि २०८१ फागुन १५ गतेसम्म परेका दाबी निवेदन तथा दाबीहरु सम्बन्धमा बीमित वा बीमितको प्रतिनिधिबाट दाबी निवेदन प्राप्त भई हालसम्म दाबी मुल्याङ्कनका लागि आवश्यक कागजात प्राप्त नभएको तथा बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नभएका दाबीहरुका सम्बन्धमा सूचना प्रकाशित गरेको हो । यस्ता बीमितले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजसहित कम्पनीको केन्द्रीय दाबी विभाग, कम्पनीका प्रादेशिक कार्यालयहरु, शाखाहरुमा र कम्पनीबाट सम्बन्धित दाबीमा खटाईएका सर्भेयरहरुलाई सम्पर्क गरी आवश्यक कागजात बुझाई आफुले गरेको दाबी लिन सक्नेछन् । कम्पनीबाट हाल सम्म समेत उपरोक्त बमोजिमको समयावधीमा आवश्यक सम्पुर्ण कागजात तथा दाबी फछर्यौट पुर्जामा सही छाप गरी दाबी फछर्यौट पुर्जा कम्पनीमा प्राप्त नभएमा तथा सम्पर्कमा नआएमा सम्बन्धित व्यक्तिको दाबी फाईल बन्द गरिने कम्पनीले जनाएको छ । बीमित वा बीमितको प्रतिनिधिले गरेको दाबीको बिस्तृत विबरण कम्पनीको वेबसाईटमा हेर्न सकिने छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार