free website hit counter

शिखर इन्स्योरेन्सद्वारा राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग

beemaadmin
२०८३ भाद्र २५, बिहीबार

काठमाडौं । शिखर इन्स्योरेन्सले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा १ करोड ११ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेको छ।

कम्पनीले बुधबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक हस्तान्तरण गरेको हो। कम्पनीका अध्यक्ष गौरव अग्रवाल र प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले अर्थमन्त्री वाग्लेलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।

कम्पनीका अनुसार यो सहयोग रकम निर्जीवन बीमा कम्पनीमध्ये हालसम्मकै ठूलो हो।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट स्थानीय समुदायको जनजीवन तथा जीविकोपार्जनमा ठूलो असर परेको भन्दै कम्पनीले विपद्को यस कठिन समयमा प्रभावित समुदायसँग एकताबद्ध हुनु आफ्नो जिम्मेवारी भएको जनाएको छ।

‘प्रभावित समुदायलाई सहयोग गर्नु हाम्रो जिम्मेवारी हो,’ कम्पनीले भनेको छ।

शिखर इन्स्योरेन्सले बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सबै पक्ष मिलेर सहयोग गर्नुपर्नेमा जोड दिएको छ। कम्पनीले प्रभावित क्षेत्रको पुनर्निर्माण र पुनर्लाभका लागि सामूहिक प्रयास आवश्यक रहेको बताउँदै नयाँ आशाका साथ पुनर्निर्माणमा जुट्न आह्वान गरेको छ।

सम्बन्धित समाचार