free website hit counter

शिखर इन्स्योरेन्सले दियाे बीमा सचेतना

beemaadmin
२०७९ भाद्र २६, आईतवार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले रामपुर नगरपालिका–१० मा बीमा सचेतना कार्यक्रम गरेको छ । रामपुर नगरपालिका १० तल्लो कुमाल गाउँमा पशु तथा कृषि बीमा सम्बन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा शाखा प्रमुख गुरु प्रसाद भट्टराई कृषि तथा पशु बीमाको बारेमा जानकारी गराउँदै, बीमाको महत्व, बीमाले बहन गर्ने जोखिम, बीमा गर्ने तरिका, बीमा दावी भुक्तानीको बारेमा प्रकाश पार्नु भएको थियो । त्यस्तै कर्मचारी सन्तोष पंगेनीले पशु स्वास्थ्य र पशु वीमाको वर्तमान अवस्थाको बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा रामपुर नगरपालिका १० का वडा सदस्य रामकुमारी भण्डारी र सुमित्रा बर्मेलीले बीमा कृषकहरुको लागि अपरिहार्य रहेको बताउँदै आर्थिक क्षति बाट जोगाउने यसको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाका प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गोविन्द प्रसाद भट्टराईले गर्नु भएको थियो

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार