free website hit counter

शिखर इन्स्योरेन्सले बढायो नाफा

beemaadmin
२०७९ श्रावण ३०, सोमबार

काठमाडौं । अग्रणी निर्जिवन बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा र खुद बीमाशुल्क दुबै बढेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ४० करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.९३ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले ३१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क १८.५० प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको पुनर्बीमा कमिशन आम्दानी २४।४२ प्रतिशत बढेको छ। नाफा बढेपनि इन्स्योरेन्सको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १५ पैसा घटेर १७ रुपैयाँ ५६ पैसामा सीमित भएको छ। चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा यस्तो आम्दानी घट्न पुगेको हो। असार मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात ४५।९६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २५४ रुपैयाँ ४० पैसा रहेको छ।
२ अर्ब २८ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको जगेडा कोषमा ८७ करोड ७ लाख रुपैयाँ सञ्चित छ। त्यस्तै, इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ४१ करोड १६ लाख रुपैयाँ र महाविपत्ती कोषमा ११ करोड ८ लाख रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार