free website hit counter

शिवम् सिमेन्ट्को नाफामा पहिरो

beemaadmin
२०८० श्रावण ३०, मंगलवार

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ३० करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५६.२१ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६९ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आदानी १६.२८ प्रतिशत घटेर ७ अर्ब ७५ करोड २७ लाख रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत घटेर ८ अर्ब ११ करोड ६३ लाख रुपैयाँमा झरेको छ। नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ८ रुपैयाँ ८२ पैसा घटेर ६ रुपैयाँ ८७ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०६ रुपैयाँ २३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९४।८३ गुणा रहेको छ। ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ४ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ सञ्चित छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार