free website hit counter

शुद्ध खानेपानीका लागि महालक्ष्मीको सहयोग

beemaadmin
२०७७ असार ११, बिहीबार

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यहरु गर्दै आएको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकका हेटौंडा र टाँडी शाखाले क्रमश। मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ मा अवस्थित श्री आनन्द भैरव आधारभुत विद्यालयमा र चितवनको इच्छाकामना गाँउपालिका ७ मा अवस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा विद्यार्थीहरुको लागि शुद्ध पिउने पानी व्यवस्थापनका लागि सहयोग गरेको हो । बैंकको हेटौंडा शाखाले एक लाख ५० हजार र टाँडी शाखाले एक लाख ६५ हजार रुपैयाँ गरी जम्मा तीन लाख १५ हजार रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको हो । बैंकको हेटौंडा शाखामा सम्पन्न कार्यक्रमका बीच बैंकका शाखा प्रबन्धक शम्भु प्रसाद पराजुलीले रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष इन्द्रप्रसाद नेपाललाई एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरे । त्यसैगरी, शाखाका प्रबन्धक श्यामबाबु तिमिल्सिनाले रोटरी क्लब अफ नारायणी मिडटाउनका अध्यक्ष अशेष भण्डारीलाई एक लाख ६५ हजार रकमको चेक हस्तान्तरण गरे ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार