free website hit counter

शेखर गोल्छा धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ

beemaadmin
२०८३ बैशाख २२, मंगलवार

काठमाडौं – शेखर गोल्छा धितोपत्र सम्बन्धी कसुरमा ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएलगत्तै पुनः पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सर्वोच्च अदालतको आदेशपछि थुनामुक्त भएका गोल्छालाई हिरासतबाट बाहिर निस्कने क्रममा नै बीमा सम्बन्धी अर्को कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो।

Advertisement
Advertisement

यसअघि सर्वोच्च अदालत का न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेल को संयुक्त इजलासले उनीविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको थियो। तर, अदालतले हिरासतमा राख्ने प्रक्रियामा कानुनी त्रुटि भएको ठहर गर्दै परमादेश जारी गरेको थियो।

Advertisement
Advertisement

अदालतले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा १०४ (१) अनुसार अभियुक्त फरार हुन सक्ने वा बिगो हानी–नोक्सानी देखिएको अवस्थामा मात्र धरौटी वा जमानत माग गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको थियो। सो प्रक्रिया पालना नगरी हिरासतमा राखिएको भन्दै जिल्ला अदालतको आदेश बदर गरिएको थियो।

उक्त आदेशपछि गोल्छाले धितोपत्र मुद्दामा धरौटी बुझाएर रिहा पाएका थिए। तर, रिहा हुने क्रममा नै सीआईबीले उनलाई बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएको हो।

सम्बन्धित समाचार