free website hit counter

शेयर स्पिल्ट गर्ने प्रक्रिया नेपाल लाइफले अघि बढायो

beemaadmin
२०७७ चैत्र ३, मंगलवार

काठमाडौं । नेपालको अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर स्पिल्टको प्रक्रिया अघि बढाएको छ ।

शेयर स्पिल्टको लागि भन्दै प्रवन्ध पत्र नियमावली संसोधनको लागि कम्पनी रजिष्ट्रार कार्यालय पठाएको छ। कम्पनीले दोस्रो बजारमा शेयरको मूल्य बढ्दै गएको कारण सबैको पहुँचमा शेयर पुर्‍याउन भन्दै उसले शेयर टुक्राउन लागको हो । प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्य रहेका कम्पनीको शेयर टुक्राउन भन्दै उसले प्रबन्ध पत्र नियमावली संसोधनको लागि पठाएको हो।

Advertisement
Advertisement

कम्पनीले हाल कायम रहेको शेयर सङ्ख्यालाई टुक्रा पार्ने विषयको प्रस्ताव साधारण सभामा लगेको थियो। साधारण सभाको स्वीकृति पछि कम्पनीले उक्त प्रकियालाइ अघि बढाएको हो। उसले यस अघि कायम रहँदै आएको एक सय रुपैयाँ अंकित मूल्यका शेयर लाइ दुई टुक्रा पार्ने छ।

Advertisement
Advertisement

यसले प्रति कित्ता मूल्य ५० रुपैयाँ काम हुने छ भने हाल कायम रहेको शेयरको सङ्ख्या दोब्बर हुने छ। शेयर सङ्ख्या दोब्बर भए लगत्तै कम्पनीको यति बेला दोस्रो बजारमा चलिरहेको मूल्य समेत समायोजन हुने छ।

सम्बन्धित समाचार