free website hit counter

श्रीमतीलाई ‘ऋण’ तिर्दै दीपक

beemaadmin
२०७८ बैशाख ९, बिहीबार
काठमाडौं । कलाकार दिपकराज गिरीले आफ्नी श्रीमतीलाई जन्मदिनको शुभकामना दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्,
आउ हिसाब गरौ!!!
तिमिले आज जीबनको अर्ध सतक पूरा गर्यौ
त्यस्को ७०% समय त तिम्ले म संगै बितायौ
आउ आज आफै न्यायाधीश बनेर मायाको निसाफ गरौ
को नाफामा छ , को घाटामा छ ,हिसाब गरौ !!!
हुनत मायामा हिसाब हुन्न
कस्ले बढि लियो, कस्ले बढि दियो
तर हिसाबै गर्दा तिमि त प्लस नै प्लसमा छौ
मेरो खातामा त आएको मात्रै छ
तिमि बाट मैले पाएको मात्रै धेरै छ !!!
म जस्तो अब्यबस्थित मान्छे संग जीबन बिताउनु पक्कै कठिन थियो
संघर्षका दिनमा तिमि मेरो सिढि बनेकि थियौ
थकाइले गलेको अबस्थामा, सुस्ताउने पिढि बनेकि थियौ
जताबाट हिसाब गरे पनि तिम्ले म बाट लिनु पर्ने नै देखिन्छ
आफ्नो त खातामा त माइनस नै माइनस मात्रै देखिन्छ !!
यो मायाको ब्यापार घाटा स्विकार गर्दै , तिम्रो अगाडि गिर्न चाहन्छू
I love u भन्दै त्यो सबै रिन तिर्न चाहन्छू!!!

सम्बन्धित समाचार