free website hit counter

श्रृजनशील लघुवित्तले डाक्यो साधारणसभा

beemaadmin
२०८१ माघ ४, शुक्रबार

काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारणसभा माघ २७ गते होटल पावन मिथिला थाली प्रालि गोलबजारमा बिहान ९ बजे बस्ने भएको छ । लघुवित्तले यसपटक सभाका लाभांशसम्बन्धी कुनै प्रस्ताव समावेश गरेको छैन । सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदनलगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । साथै, चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण पनि सभाले नै गर्नेछ । त्यस्तै, लघुवित्तले मर्जरका लागि उपयुक्त लघुवित्त खोज्ने र सोसम्बन्धी आवश्यक काम गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सभामा पेश हुनेछ । साधारणसभा प्रयोजनार्थ लघुवित्तले माघ १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले माघ १५ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार