free website hit counter

श्रेष्ठको स्पष्टीकरण प्रधानमन्त्री कार्यालयमा

beemaadmin
२०७६ पुष २०, आईतवार

काठमाडौं। बर्खास्तीको प्रक्रिया पुर्याउन राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठसँग सोधिएको स्पष्टीकरण अर्थ मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाएको छ। गत आइतबार सरकारले श्रेष्ठलाई पाँच दिने स्पष्टीकरण सोधेको थियो। श्रेष्ठले बिहीबार बुझाएको स्पष्टीकरण अर्थले सोही दिन प्रधानमन्त्री कार्यालय पठाएको बुझिएको छ । छानबिन समितिले दोषी किटान गर्दै कारवाही सिफारिस गरेपछि सरकारले श्रेष्ठसँग प्रष्टीकरण सोधेको थियो। उनको प्रष्टीकरण चित्त नबुझेमा सरकारले बर्खास्त गर्न पाउनेछ । उनलाई सम्भवतः भोलि बर्खास्त गर्ने तयारी गरिएको बताइन्छ ।

उनीमाथि वित्तीय क्षेत्रलाई समस्यामा पार्ने, नक्कली बिल बनाएर भुक्तानी लिनेजस्ता आरोप सरकारले लगाएको थियो। सरकारले बनाएका्े समितिले समेत उनलाई दोषी किटान गरेको थियो ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार