free website hit counter

संक्रमणकाे डर देखाउँदै सिसडोलबासीले रोकिदिए काठमाडौंको फोहोर

beemaadmin
२०७६ चैत्र १४, शुक्रबार

काठमाडौं । संक्रमणको डर देखाउँदै सिसडोलबासीले काठमाडौंको फोहोर लैजान अवरोध गरेका छन् फोहोरका कारण कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै नुवाकोटको सिसडोलका वासिन्दाले काठमाडौंको फोहोर फाल्न अवरोध गरेका हुन् । अवरोधपछि काठमाडौं महानगरपालिकाले दुई दिनदेखि सडकबाट फोहोर उठाउन सकेको छैन । कोरोनाविरुद्धको अभियानमा लाग्नुपर्ने महानगरपालिका फोहोरमा अड्किन पुगेको छ । सिसडोलका बासिन्दाले लकडाउनको अवधिभर फोहोर लिएर नआउन काठमाडौं महानगरपालिकालाई चेतावनी दिएका छन् । स्थानीयले फोहोरका कारण आफ्नो क्षेत्रमा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै त्यसलाई न्युनीकरण गर्ने गरी ढुवानी गरेमात्रै फोहोर फाल्न दिने अडान राखेका छन् ।
उता, गृह मन्त्रालयले सवारी र चालकहरुको सुरक्षाको प्रत्याभूति दिँदै फोहोर विर्सजनको काम थाल्न महानगरपालिकालाई सुझाव दिएको छ । महानगरपालिकाले पनि भोलिबाट सडकको फोहोर उठाउन सुरु गर्ने बताउँदै सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार