काठमाडौं । कोरोना संक्रमितको संख्या केही बढे पनि ज्यान गुमाउनेको संख्या पनि केही घटेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए ।