काठमाडौं । एक दिनअघि पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई कोरोना संक्रमित भएको भोलिपल्ट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस पुष्टि भएको छ । शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताएका छन्। उनका अनुसार मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् ।