free website hit counter

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सबीच मर्जर सम्झौता

beemaadmin
२०७९ असार ३०, बिहीबार

काठमाडौं । सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जरमा जाने प्रारम्भिक सहमति गरेका छन् । बिहीबार बिहान दुई कम्पनीले एक आपसमा मर्जरमा जाने सम्झौता गरेका हुन् । सम्झौतापत्रमा सगरमाथा इन्स्योरेन्सका तर्फबाट सञ्चालक समितिका सदस्य लोकमान गोल्छा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका तर्फबाट सञ्चालक समितिका सदस्य अरुणराज श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाल सगरमाथाको चुक्ता पूँजी १ अर्ब ३३ करोड ३६ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब ३१ करोड २७ लाख रुपैयाँ रहेको छ । स्रोतका अनुसार सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स बीचमा १००ः८० को रेसियोमा मर्जरमा जाने सहमति भएको हो । दुबै कम्पनी मर्जरमा जाने सहमति गरेपश्चात नेप्सेले दोस्रो बजारको कारोबार समेत रोक्का गरेको छ ।

सम्बन्धित समाचार

पाल्पा सिमेन्टको आईपीओ भयो बाँडफाँट

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

नेपाल पुनर्बीमाबाट युनाइटेड अजोड बाहिरिँदै

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार

सक्रिय जीवन बीमालेख १४.५७ प्रतिशतले वृद्धि

beemaadmin
२०८२ फाल्गुन २९, शुक्रबार