free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा ३ १ करोड

beemaadmin
२०८३ श्रावण ३०, शनिबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ भने कुल बीमाशुल्क आर्जनमा समेत गिरावट आएको छ। यद्यपि, खुद बीमाशुल्क आर्जनमा भने सुधार देखिएको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले३ १ करोड ३० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ४० करोड ३२ लाख रुपैयाँ रहेको थियो। यससँगै कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा घटेको हो।

कुल बीमाशुल्क ४.९१ प्रतिशत घट्यो

समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७६ करोड १६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको थियो। यस आधारमा कुल बीमाशुल्क आर्जन ४.९१ प्रतिशतले घटेको हो।

तर, कम्पनीको खुद बीमाशुल्क आर्जन भने १०.७१ प्रतिशतले बढेको छ। गत आर्थिक वर्षमा कम्पनीले २ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ भने अघिल्लो वर्ष यस्तो रकम २ अर्ब ११ करोड रुपैयाँ थियो।

त्यस्तै, पुनर्बीमाबापतको खर्च पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीले पुनर्बीमाका लागि २ अर्ब ४२ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो खर्च २ अर्ब ८९ करोड ४१ लाख रुपैयाँ रहेको थियो।

जगेडा तथा इक्विटी

२ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २४ करोड ४७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ३४ करोड ७९ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ३३ करोड ७५ लाख रुपैयाँ रहेको छ।

अघिल्लो आर्थिक वर्षमा विशेष जगेडा २ अर्ब ५५ करोड ४ लाख, महाविपत्ति कोष २१ करोड ३४ लाख, रिटेन्ड अर्निङ ४६ करोड ३२ लाख तथा अन्य इक्विटी ५२ करोड १८ लाख रुपैयाँ थियो।

प्रतिशेयर आम्दानी ११.९४ रुपैयाँ

कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी ११ रुपैयाँ ९४ पैसा रहेको छ। त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ २३२ रुपैयाँ ७२ पैसा कायम भएको छ।

समग्रमा, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको कुल बीमाशुल्क र खुद नाफामा गिरावट आए पनि खुद बीमाशुल्क आर्जनमा दोहोरो अंकको वृद्धि भएको छ। कम्पनीले पुनर्बीमामा गर्ने खर्चसमेत घटाएको वित्तीय विवरणले देखाएको छ।

सम्बन्धित समाचार