free website hit counter

सगरमाथा लुम्बिनी इन्स्योरेन्स र कर्मचारीबाट बाढीपीडितलाई ६२ लाख सहयोग

beemaadmin
२०८३ भाद्र १८, बिहीबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि ६२ लाख रुपैयाँ सहयोग गर्ने भएको छ।

कम्पनीको भदौ १६ गते बसेको सञ्चालक समिति बैठकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत ५१ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो।

Advertisement
Advertisement

त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीहरूले आफ्नो एक दिनको तलब बराबरको ११ लाख रुपैयाँ सामूहिक रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने निर्णय गरेका छन्।

Advertisement
Advertisement

यससँगै सगरमाथा लुम्बिनी इन्स्योरेन्स र कम्पनीका कर्मचारीबाट बाढीपीडितका लागि कुल ६२ लाख रुपैयाँ सहयोग हुने भएको छ।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको कम्पनीले जनाएको छ।

विपद्को यस कठिन समयमा प्रभावित परिवारप्रति साथ र सहानुभूति व्यक्त गर्दै सहयोग उपलब्ध गराउने निर्णय गरिएको कम्पनीले जनाएको छ। कम्पनीले स्थापनाकालदेखि नै प्राकृतिक विपद्, महामारी तथा अन्य राष्ट्रिय संकटका समयमा सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको दाबी गरेको छ।

कम्पनीले बाढी प्रभावित नागरिकको सुरक्षित उद्धार तथा घरबारविहीन परिवारको शीघ्र पुनःस्थापनामा विशेष ध्यान दिनुपर्नेमा जोड दिएको छ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बाढीमा परी ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

सम्बन्धित समाचार