free website hit counter

सनराइजको ऋणपत्र पूर्ण रुपमा बिक्री

beemaadmin
२०७६ मंसिर ३०, सोमबार

काठमाडौं । सनराइज बैंकले जारी गरेको सात वर्ष अवधि रहेको तीन अर्ब रकम बराबरको ऋणपत्र पूर्ण रुपमा बिक्री भएको बैंकले जनाएको छ । गत कात्तिक २० गते निष्काशन गरिएको उक्त ऋणपत्र छिटोमा कात्तिक २४ र ढिलोमा मंसिर १९ गतेसम्म खुल्ला रहेको थियो । १०.२५ प्रतिशत व्याज प्रदान गरिने उक्त ऋणपत्र पूर्ण बिक्री भएको बैंकले जनाएको छ । सर्वसाधारण निष्काशनको तर्फबाट ४५ करोड ३८ लाख २९ हजार बराबरको ४ लाख ५३ हजार ८ सय २९ कित्ता र परिपत्र विधिको तर्फबाट २ अर्ब ५४ करोड ६१ लाख ७१ हजार बराबरको २,५४६,१७१ कित्ता ऋणपत्र बिक्री भएको बैंकले जनाएको छ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार