free website hit counter

सनराइज बैंकका सबै कर्मचारीको कोरोना बीमा

beemaadmin
२०७७ जेष्ठ १७, शनिबार

काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी महामारीसँगै नेपालमा पनि सञ्जाल विस्तार गरिरहेको बेला सनराइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ । यस कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु। १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमार्पmत गरिएको छ ।
बीमा लेख सम्झौता अनुसार बैंकको कर्मचारीहरुमा कोभिड–१९ पोजिटिभ देखिई संक्रमण भएमा बीमा कम्पनीबाट बीमा दाबी गर्न सकिनेछ । यस बीमा सम्झौताले आफ्ना कर्मचारीहरुको मनोबल उच्च रहने र संकटको बेलामा कर्मचारीहरुलाई आर्थिक राहत मिल्ने बैंकको बिश्वास छ । बैंकले कोरोना भाईरसको संक्रमणबाट सुरक्षित रहन आफ्ना सम्पूर्ण कर्मचारीहरुलाई मास्क, पञ्जा, सेनिटाइजर जस्ता अति आवश्यक सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित समाचार

मौन अवधिमा समातिए दुई उम्मेदवार

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार

सुनको मूल्य बढ्यो

beemaadmin
२०८२ फाल्गुन १९, मंगलवार

स्वाभिमान लघुवित्तको लाभांश घोषणा

beemaadmin
२०८२ फाल्गुन १७, आईतवार

फेरि उकालो लाग्दैछ सुन

beemaadmin
२०८२ फाल्गुन १६, शनिबार