free website hit counter

सनराइज बैंक र जीएमई रेमिटबीच सम्झौता

beemaadmin
२०७६ फाल्गुन २९, बिहीबार

काठमाडौं । सनराइज बैंकले रेमिट्यान्स सेवा तथा सुविधा प्रदान गर्नका लागि जीएमई रेमिट्यान्ससँग सहकार्य गर्ने गरी सम्झौता गरेको छ । सम्झौतापत्रमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र जीएमई रेमिट्यान्सका प्रबन्ध निर्देशक दिवाकर पौड्यालले संयुत्तरुपमा हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौताअनुसार सनराइन बैंकका स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण ग्राहकहरुले सनराइज रेमिटमार्फत पठाएको रकम जीएमई रेमिटका नेपाल अधिराज्य भर रहेका ८००० भन्दा बढि एजेन्टबाट छिटो, छरितो तरिकाले पाउने भएका छन् ।
सम्पुर्ण ग्राहकले सनराइज रेमिटमार्फत सुरक्षित तरिकाले आफ्नो खातामा रकम पनि पठाउन सक्नेछन् ।

सम्बन्धित समाचार