free website hit counter

सन्दीपको पुनरावेदनमा यस्तो छ दाबी

beemaadmin
२०८० फाल्गुन १२, शनिबार

काठमाडौं । बलात्कार मुद्दामा आफूलाई दोषी ठहर गर्दै जिल्ला अदालत काठमाडौँले गरेको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले बिहीबार उच्च अदालत पाटनमा निवेदन दिइसकेका छन्। उनलाई अदालतले जेलबाहिरै रहेर मुद्दा लड्न अनुमति दिएको छ। पुनरावेदनमा उनले जिल्ला अदालतको फैसला आधारहीन र त्रुटिपूर्ण रहेको दाबी गर्दै त्यसलाई बदर गर्न माग गरेका छन्। जिल्ला अदालतले अनुमानका आधारमा कसुर ठहर गरेको सन्दीपले पुनरावेदनमा उल्लेख गरेका छन्। अनुमानकै भरमा मात्र विश्वसनीय र ठोस प्रमाणबेगर जबरजस्ती करणीजस्तो नैतिक पतन देखिने जघन्य फौजदारी मुद्दामा कसुरदार हुन् भनी भन्नु फौजदारी न्यायको सर्वमान्य सिद्धान्तविपरीत मात्र हुने नभई न्यायको मर्म र भावनाविपरीत समेत हुन्छ, सन्दीपको पुनरावेदनमा भनिएको छ। पुनरावेदनमा उनले राति एउटै कोठामा बसेको आधारमै करणी भयो भनी ठोकुवा गर्न नमिल्ने जिकिर गरेका छन्। निवेदनमा अगाडि लेखिएको छ, ‘पीडित र प्रतिवादी एउटै कोठामा बसेको अवस्थामा प्रमाण ऐन २०३१ को दफा ७ (ग) बमोजिम पीडितलाई प्रतिवादीले करणी गर्ने मनसायले नै बसेको अनुमान गर्नुपर्ने र पीडितले व्यक्त गरेको कथनअनुसार हायत प्यालेस होटलमा नबसी अन्यत्र नै बसेको अवस्थामा करणी गरेको कार्य स्थापित भएको मान्नुपर्‍यो भनी पहिले नै करणीको कार्यलाई स्थापित गरी त्यसपछि उमेरको एकिनता गरी जबरजस्ती करणी भएको भनी ठहर गरिएको छ। २० पृष्ठ लामो पुनरावेदनमा उनले आफू निर्दोष रहेको थुप्रै तर्क गरेका छन्। अब उच्च अदालतले निर्णय नदिँदासम्म सन्दीप पक्राउ पर्ने छैनन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार