free website hit counter

सन नेपाल लाइफद्वारा मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ श्रावण ३१, मंगलवार

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन ३० गतचे धनगढीमा आयोजित एक कार्यक्रमबीच मृत्यु दाबी रकम भुक्ता गरेको छ।
वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका बीमित स्व सन्तोष रानाको मृत्यु दाबी भुक्तानी कम्पनीले गरेको हो। रानाको गत जेठ ३० गते काम गर्दागर्दै कतारमा मृत्यु भएकाले बीमितको इच्छाएको व्यक्ति निजकी श्रीमती रन्जिता रानालाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा रकम १४ लाखको चेक रकम कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले भुक्तानी गरेका हुन्। यसका साथै उक्त मृत्युदावी रकम भुक्तानी कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। कार्यक्रममा कम्पनीका धनगढी शाखा प्रबन्धक लक्ष्मीकान्त जैसीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।

सम्बन्धित समाचार