free website hit counter

सफलताको कारक सकारात्मक सोच

beemaadmin
२०७६ फाल्गुन २, शुक्रबार

व्यक्तिको सोचाईले उसको जीवनस्तर निर्धारण गर्दछ । सोच धेरै प्रकारका हुन्छन् जसमा काम चलाउ, दीर्घकालीन, अल्पकालीन, क्षणिक वा विविध प्रकारका हुन्छन् । कुनै कुनै व्यक्तिमा म यो गरीछाड्छु भन्ने हुन्छ भने कोही व्यक्तिमा त्यस्तो योजना नै हुँदैन । आजको आवश्यकता कसरी पूरा गर्ने भन्नेमा मात्रै उनीहरुको ध्यान केन्द्रीत हुन्छ । व्यक्तिको मानसपटलमा आएका विचार जे जस्ता भए पनि सकारात्मक हुनु जरुरी छ । दैनिक जीवनयापन सुखद्–दुखद् जे जस्तो भए पनि हरेक मानिसले आफ्नो गुजारा चलाएकै छन् ।

मानव सभ्यताको विकासक्रमसँगसँगै विविध प्रकारका विचारहरु देखापर्न थाले । जसमा आर्थिक, नैतिक, व्यवसायिक, पारदर्शी, स्वार्थी, सहयोगी आदि । तिनै विचारहरुलाई दुई खण्डमा विभाजन गरी सकारात्मक र नकारात्मक सोचको व्याख्या गरिएको हो । सकारात्मक विचार भनेको जहिले पनि राम्रो देख्ने हुन्छ त्यो भनेको धेरैले हिलोलाई घृणा गर्दछन्, मन पराउँदैनन् तर त्यही हिलोमा फुलेको कमलको फुल सबैले मन पराउँछन् । सकारात्मक र नकारात्मक भनेको यही हो ।

हरेक कुरामा सकारात्मक र नकारात्मक सोच रहेको हुन्छ । हामीले कुनलाई प्राथमिकता दिने भन्ने सोच नै प्राथमिकताको कुरा हो । सकारात्मक सोच व्यक्ति, समाज, राज्य तथा आर्थिक विकासको पूर्वाधार हो भने नकारात्मक सोचले विनास निम्त्याउँछ भने आफ्नो चरित्र पनि नकारात्मक नै बनाउँछ । जुन देशमा विकास भएको छ त्यो सकारात्मक सोचकै कारण सम्भव भएको हो । हामीले पनि सकारात्मक सोचलाई व्यवहारमा ल्याउनु पर्दछ । प्रगति, उन्नति, विकास निर्माण सबै सकारात्मक सोचको नतिजा हो । सकारात्मक सोचको अभ्यास दैनिक गर्नुपर्छ । जसले मानसिकता नै ऊर्जासिल बनाई कर्म, आचरणमा सुधार ल्याई मानिसलाई ज्ञानी बनाइदिन्छ । कागतीको विरुवा रोपेर स्याउको अपेक्षा गर्नु नकारात्मक सोच हो ।

बीमा व्यवसायमा सकारात्मक साेच

बीमा व्यवसायमा पनि सकारात्म सोचको आवश्यकता पर्दछ । अझ दाबी भुक्तानीमा सकारात्मक सोचको धेरै नै महत्व छ । बीमा लेखमा केही अपवादहरु हुन्छन् । धेरै सकारात्मक पक्ष हुँदाहुँदै केही नकारात्मक पक्ष पनि हुन्छन् । त्यहाँ नकारात्मक पक्षलाई बढाईचढाई गर्नु हँुदैन । सकारात्मक पक्षबाट नै दाबी भुक्तानीको निकास निकाल्नु पर्दछ । कुनै पनि कुराको नकारात्मक पक्ष हुन्छ नै । तर त्यही नकारात्मक पक्षबाट पनि सकारात्मक उपाय खोज्नु पर्दछ । जसरी समस्याबाटै समाधानको उपाय निकालिन्छ । अध्यारो रात आएपछि नै उज्यालो दिनको आगमन हुने हो । अध्यारो आउनु भनेकै उज्यालोको प्रतिक्षा गर्नु हो ।

बीमा क्षेत्रमा दुर्घटना, भवितव्य, नकारात्मक पक्ष हुन् । तर पनि यसको समाधान र सम्बोधन सकारात्मक तरिकाले गर्नु पर्दछ । हरेक व्यक्तिको मनोभावना र शैली सकारात्मक हुनै पर्दछ । समय परिवर्तनशील छ, यसैले ऊर्जा प्रदान गरी नयाँ बाटो देखाउँछ ।

जसरी घर निर्माण प्रक्रियामा एउटा इँटाको जति महत्व हुन्छ बिगार्नमा पनि त्यही एउटा इँटा काफी छ । इँटामाथि इँटा थप्दै जाँदा घरको संरचना बन्छ भने बनेको घरको इँटा झिक्दै जाने हो भने त्यो संरचना ध्वस्त हुन्छ । त्यसैले सकारामक सोच लिएर मात्रै हामी रमाउन सक्नु पदर्छ ।

(लेखक नेपाल इन्स्योरेन्स कम्पनीका नायव महाप्रबन्धक हुनुहुन्छ)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार