free website hit counter

सबैभन्दा धेरै कर तिर्ने वाणिज्य बैंक बन्यो ग्लोबल आइएमई

beemaadmin
२०८० श्रावण २७, शनिबार

काठमाण्डौ । सबैभन्दा बढी नाफा कमाउने बाणिज्य बैंकहरुको सूचिमा दोस्रो नम्बरमा रहेको ग्लोबल आइएमई बैंक सबैभन्दा धेरै कर दाखिला गर्ने वाणिज्य बैंकहरुको सूचीको पहिलो नम्बरमा परेको छ। आर्थिक वर्ष २०७९–८० को असार मसान्तसम्म दाखिला भएको करका आधारमा ग्लोबल आइएमई बैंक पहिलो नम्बरमा परेको हो। अर्थ मन्त्रालयको स्रोतअनुसार ग्लोबल आइएमई बैंकले गत आवमा ५ अर्ब ४३ करोड रुपैयाँ कर दाखिला गरेको छ। यो कर बैंकले वर्षभरि विभिन्न शीर्षकमा तिरेको सबै करको योग हो। ग्लोबल आइएमई बैंकले गएको आवमा ७ अर्ब २५ करोड रुपैयाँ खुद नाफा गरेको छ। यो नाफा अघिल्लो वर्षको तुलनामा ४६।२६ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आव २०७८–७९ मा ३ अर्ब १७ करोड रुपैयाँ कर दाखिला गरेको थियो। २१ वटा बैंक तथा वित्तीय संस्था मिलेर बनेको ग्लोबल आइएमई बैंक चुक्तापुँजीका आधारमा मुलुककै सबैभन्दा ठूलो बैंक हो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बैंकको सञ्चालक समितिको अध्यक्ष छन् भने बैंकको सीईओमा रत्नराज बज्रचार्य छन्।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार