free website hit counter

सबै स्कूल–कलेज बन्द गर्ने तयारीमा इटली

beemaadmin
२०७६ फाल्गुन २२, बिहीबार

एजेन्सी । कोरोना भाइरसको संक्रमण विश्वभरि फैलिँदो छ । यसले बिस्तारै पूरै संसारलाई नै प्रभावित पारिरहेको छ । चीनबाट सुरु भएको यो भाइरस अब युरोप र एशियाबाहेक दक्षिण अमेरिकाका थुप्रै देशमा पुगिसकेको छ । अहिलेसम्म तीन हजारभन्दा बढीको ज्यान गइसकेको छ भने करिब ७० देशमा यो भाइरस फैलिसकेको छ । चीनमा मात्रै अहिलेसम्म २ हजार ८ सय ८१ जनाको मृत्यु भइसकेको छ । चीन बाहिर सबैभन्दा धेरै असर दक्षिण कोरिया र इरानमा देखिएको छ । इरानमा अहिलेसम्म ९२ जनाको मृत्यु भइसकेको छ । इटलीले देशभरीकै स्कूल–कलेजलाई मार्चको मध्यसम्म बन्द गर्नेबारे विचार गरिरहेको छ ।
बुधबार इटलीको सरकारले स्कूल कलेज बन्द गर्ने /नगर्ने विषयमा बैठक बसेको थियो । बैठकपछि इटलीकी शिक्षामन्त्री लूसिया अजोलिनाले भनिन्, इटलीको समाचार एजेन्सी अनसा र अन्य स्थानीय च्यानलमा स्कूल–कलेज बन्द गर्नेबारे जुन खबर चलिरहेको छ त्यसमा अहिलेसम्म कुनै पनि निर्णय लिइएको छैन तर अबको केही घण्टामा यसबारे निर्णय गरिनेछ । ब्रिटेनमा अहिलेसम्म ८५ जनामाथि कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । ब्रिटेनका चीफ मेडिकल अफिसर प्रोफेसर क्रिस विट्टीले अहिले ३२ थप नयाँ संक्रमित देखापरेका छन् । ब्रिटेनमा संक्रमणको खतरालाई कम गर्नका लागि डाक्टरले धेरैभन्दा धेरै भिडियो कन्फरेन्सिङको प्रयोग गर्न सल्लाह दिइएको छ । (एजेन्सी)

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार