free website hit counter

सभामुखमा सापकोटा निर्विरोध

beemaadmin
२०७६ माघ १२, आईतवार

काठमाडौं । लामो रस्साकस्सी र महिना दिनसम्म संसदलाई बन्धक बनाइएको विषय टुंगो लागेको छ । नेकपा अध्यक्षद्वयबीचको एक महिना लामो रस्साकस्सी तथा उम्मेदवारको टुंगो लागिसकेपछि पनि देखिएका काला बाँदललाई चिर्दै प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गरेका थिए ।

आइतबार बसेको संसद बैठकमा नेम्वाङको प्रस्तावलाई नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गरेका थिए ।
१५ वर्षको शिक्षण पेशा छाडेर जनयुद्धमा होमिएका सापकोटाले ०६२÷०६३ को जनआन्दोलनमा काठमाडौं उपत्यकाको कमाण्ड सम्हालेका थिए ।

सिन्धुपाल्चोकको कुभिन्डेमा २०१६ साल फागुन २४ गते जन्मिएका सापकोटा १५ वर्ष लामो शिक्षण पेशा छाडेर राजनीतिमा होमिएका हुन् । ०२९ सालमा कम्युनिस्ट विद्यार्थी संगठनमा आवद्ध भएका सापकोटा ०३५ सालमा मोहन बैद्य नेतृत्वको नेकपा (चौम) को सदस्य भए । ०३७ सालमा उनी शिक्षक संघर्ष समितिको सदस्य भए । जिल्ला अध्यक्ष, हुँदै पछि वामपन्थीहरुको साझा शिक्षक संगठनको महासचिवसम्म भए । विभिन्न आन्दोलनका क्रममा उनी दुई वर्ष जेल परेका थिए ।

सापकोटा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र हुन् । ०५१ सालमा तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गर्दादेखि सापकोटाले प्रचण्डको साथ छाडेका छैनन् । माओवादीले जनयुद्ध सुरु गर्दाका केन्द्रीय सदस्यमध्ये सापकोटा एक हुन् । १० बर्षे सशस्त्र जनयुद्ध, शान्ति प्रक्रिया, शान्ति प्रक्रियापछिको पार्टी टुटफुटमा उनी प्रचण्डलाई छोडेर कतै लागेनन् ।

यसअघि सापकोटाले तत्कालीन माओवादी केन्द्रको प्रवक्ताको भूमिकासमेत निर्वाह गरे । झलनाथ खनाल प्रधानमन्त्री हुँदा सापकोटा सञ्चार मन्त्री भए । ०७३ सालमा केपी शर्मा ओली पहिलोपटक प्रधानमन्त्री हुँदा सापकोटा वन तथा भूसंरक्षण मन्त्री थिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार