free website hit counter

समाज परिवर्तक निरौलालाई राष्ट्रिय सेवा सम्मान

beemaadmin
२०८० बैशाख ६, बुधबार

काठमाडौं । वि.सं. २०३४ सालमा पाँचथर जिल्लाको हालको तुम्बेवामा जन्मिनुभएका दीपक निरौला ललितपुर १३ कुसुन्तीमा स्थायी बसोबार गर्दै आउनुभएको छ । हाल अमेरिकाको न्यूह्याम्सयायार राज्यमा बसोबास गर्दै आउनुभएका समाज परिवर्तक निरौलाले त्रिभवुन विश्वविद्यालयबाट एमएसम्मको अध्ययन गर्नुभएको छ । बेटरलाइफ अर्गनाइजेशनको संस्थापक अध्यक्ष रहनुभएका निरौला नेपालमा समाज परिवर्तनका क्षेत्रमा पु¥याउनुभएको योगदानको कदर गर्दै विभिन्न सामाजिक संघ संस्थाहरूले सम्मान र पुरस्कार प्रदान गरेका छन् । घरवारविहीन, द्वन्द्वपीडित, अति गरिब र पिछडा वर्गका बालबालिको स्वास्थ्य, शिक्षा र खानपानमा विशेष सहयोग पु¥याउँदै आउनुभएका निरौलाले सामाजिक विसंगतिलाई सुधार गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ ।
वैदेशिक रोजगारलाई व्यवस्थित गर्नका लागि पुस्तक समेत प्रकाशित गर्नुभएका सामाजिक अभियन्ता दीपक निरौलालाई राष्ट्रिय सेवा सम्मान २०७३ द्वारा समेत सम्मानित भइसक्नुभएको छ । बिपन्न र द्वन्द्वपीडित बस्तीका बालबालिकाको शिक्षा, स्वास्थ्य, खानपानको अधिकार र सामाजिक विसंगतिलाई सुधार गर्न अभियान चलाउँदै आउनुभएका निरौलाले विभिन्न संघ संस्था मार्फत् समाज सेवामा खेल्नुभएको महत्वपूर्ण भूमिकाकै कारण उहाँ विभिन्न सम्मान र पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ । यसै क्रममा “राष्ट्रिय साँस्कृतिक सम्पदा विकास समाज” उहाँलाई नेपालको पर्यटन प्रवद्र्धन र सामाजिक क्षेत्रमा उहाँले पु¥याएको योगदानको कदर गर्दै उक्त
सम्मान प्रदान गरेको हो ।

जानकी स्कूलद्वारा बेटर लाइफलाई सम्मान
जानकी इङ्लिस बोर्डिङ स्कुल (सामुदायिक विद्यालय) ले ग्रामीण नेपालको शिक्षालाई सहयोग गर्ने सामाजिक संस्था बेटर लाइफलाई सम्मान गरेको छ । सर्लाहीको बबरगञ्जस्थित जानकी इङ्लिस बोर्डिङ स्कुलले बेटर लाइफ सामाजिक संस्था र यसका अगुवा दिपक र भूपाल निरौलालाई यहाँका कमजोर बालबालिकालाई शिक्षा र अत्यावश्यक आवश्यकताहरू उपलब्ध गराउन निरन्तर सहयोग गरेको भन्दै प्रशंसापत्र प्रदान गरेको हो ।
बेटर लाइफ सामाजिक संस्थाले समुदायका बालबालिकाको जीवनस्तर उकास्न विद्यालय निर्माणदेखि शिक्षकको तलब, स्टेशनरी, ड्रेस, खाजा, खानेपानीको पम्प, पानीको फिल्टरलगायतका क्षेत्रमा विद्यालय र घरपरिवारमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ । ‘हामी यस प्रयासमा तपाईंको साझेदारीको लागि हाम्रो गहिरो कृतज्ञता र सम्मान व्यक्त गर्दछौं । हाम्रो समुदायप्रतिको तपाईंको प्रतिबद्धतालाई बेवास्ता गरिएको छैन, र हामी तपाईंलाई यो प्रशंसा प्रमाणपत्र प्रदान गर्न पाउँदा हर्षित छौं’, जानकी स्कूलले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सो अवसरमा बोल्दै बेटर लाइफ सामाजिक संस्थाका अगुवा दिपक र भूपाल निरौलाले उक्त सम्मानको कदर गर्दै समुदायका बालबालिकाको जीवनस्तर उकास्न निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
२०७९ साल चैत २ गते जानकी इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रममा बेटर लाइफ सामाजिक संस्थाका अगुवाहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा समुदायका सदस्यहरू र अन्य सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो जसले ग्रामीण बालबालिकाको शिक्षा र जीवनको गुणस्तर सुधार गर्न संस्थाको योगदानको लागि कृतज्ञता व्यक्त गरेका थिए । बेटर लाइफ सामाजिक संस्था र जानकी इङ्लिस बोर्डिङ स्कुलबीचको साझेदारीले शिक्षाको गुणस्तर र आवश्यक सेवा सुविधा वृद्धिमा महत्वपूर्ण भूमिका निभाएको छ । बालबालिकाको लागि सकारात्मक परिवर्तन र आशा ल्याउन संस्थाको अमूल्य योगदान रहेको छ । जानकी अंग्रेजी बोर्डिङ स्कूल चन्द्रनगर–२, बबरगञ्ज, सर्लाहीमा अवस्थित एउटा सामुदायिक विद्यालय हो । जुन विद्यालयले ग्रामीण क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै शिक्षा क्षेत्रको सुधारमा महत्वपूर्ण भूमिका खेलेको छ ।
निरौला सन् २०११ देखि हालसम्म बेटर लाइफ सामाजिक संस्थाको संस्थापक अध्यक्ष हुनुहुन्छ । नेपालमा सो संस्थाले सर्वोत्कृष्ट सामाजिक योगदानका काम गर्दै आएको छ । यो संस्था एक गैर–लाभकारी संस्था हो जुन ग्रामीण नेपालका बालबालिकाको जीवन सुधारमा समर्पित छ । संस्थाले समुदायका कमजोर बालबालिकाका लागि शिक्षा, सफा पानी र आधारभूत आवश्यकताहरूमा पहुँच उपलब्ध गराउनमा केन्द्रित छ । हाल उहाँ अमेरिकामा रहे पनि उक्त संस्थामार्फत् नेपालका ग्रामीण भेगमा सामाजिक जागरणको कार्यमा सक्रिय हुनुहुन्छ । निरौला सो संस्थाका अलावा अन्य सामािजक संघसंस्था र जागरणको क्षेत्रमा समेत क्रियाशील हुनुहुन्छ ।

सम्बन्धित समाचार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

मुलुकको भविष्य कोर्दैछन् मतदाता

beemaadmin
२०८२ फाल्गुन २१, बिहीबार

आज तोलाकै ११ हजारले घट्यो सुन

beemaadmin
२०८२ फाल्गुन २०, बुधबार