free website hit counter

समातिए बलात्कार आरोपी सशस्त्रका एसएसपी

beemaadmin
२०७७ असार ३१, बुधबार

काठमाडौं । रक्षक नै भक्षक भएपछि कसको के लाग्छ ? रक्षक त्यो पनि जिम्मेवार पदका व्यक्ति उनी नै यतिसम्मको अपराधमा झरेपछि के होला समाजको अवस्था ? बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

वडाध्यक्ष पक्राउ
यसैबीच, किशोरी बलात्कारको आरोपमा सुर्खेत कालीकोटका एक वडा ध्यक्ष पक्राउ परेका छन् । खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही १६ वर्षीया किशोरी बलात्कारको आरोपमा पक्राउ परेका हुन् । आफ्नै गाउँकी बहिनी नाता पर्ने १६ वर्षीया किशोरीलाई तीन वर्षदेखि ललाइफकाइ बलात्कार गर्दै आएको उजुरी परेपछि शाहीलाई पक्राउ गरिएको डीएसपी श्यामबाबु ओलियाले जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार