free website hit counter

सम्भावित जोखिमको पूर्व सुरक्षा हो बीमा

beemaadmin
२०७६ कार्तिक ११, सोमबार

बीमाले सम्भावित जोखिमलाई रोक्न नसके पनि जोखिम बहन गरेर पुनस्र्थापना गर्न सक्दछ । त्यसैले त बीमाको महत्व बढेको हो । कुनै पनि जोखिम पूर्व सूचना दिएर आउँदैन । त्यसैले जोखिमको हस्तान्तरण बीमालाई दिएर आफू सुरक्षित हुनुपर्दछ । चाहे धनसम्पत्ति होस् वा जीवन वा स्वास्थ्य सबै जोखिममै हुन्छ । बीमा कम्पनीले बीमितबाट बीमा शुल्क लिएबापत बीमा गरिएको सम्पत्तिको वा बीमितको जीवनमाथि पर्ने जोखिममाथि आर्थिक संरक्षण दिने काम गर्दछ । यसरी गरिने आर्थिक सुरक्षामा जुवा खेल पर्दैन किन कि यो व्यक्तिको खराब लतको कारक तत्व हो, भवितव्य होइन ।

नसोचेको क्षतिको पूर्ति यसको प्रमुख उद्देश्य हो । निर्जीवन बीमाको आधारभूत सिद्धान्तहरूमा बीमायोग्य हितको सिद्धान्त (Principle of Insurable Interest), परम सत्विश्वासको सिद्धान्त, (Principle of Utmost Good Faith) निकतम कारणको सिद्धान्त (Principle of Proodamate Cause) र क्षतिपूर्तिको सिद्धान्त (Principle of Identity) पर्दछन् ।

बीमा क्षेत्रमा बीमायोग्य हित महत्वपूर्ण कुरा हो । बीमित र बीमकबीचको सम्बन्ध जहाँ नोक्सान वा क्षति हुन्छ तर त्यसको पूर्ति नभएमा बीमायोग्य हितअन्तर्गत पर्दैन । बीमितको क्षतिलाई पूर्ति हुनु नै बीमायोग्य हितअन्तर्गत पर्दछ । आपसी समझदारीमा गरिने जोखिम हस्तान्तरण प्रक्रियामा बढी विश्वासको आधार लिइन्छ । सही गलत जे छ, दुवै पक्षले खुलस्त गराउनुपर्दछ । त्यसैले यसलाई परम सद्विश्वासको सिद्धान्त भनिन्छ ।

यसै गरी अर्को महत्वपूर्ण सिद्धान्त भनेको निकतम कारणको सिद्धान्त हो । बीमा गरिएको वस्तुको क्षति भएमा बीमा कम्पनीले जोखिम वहन गर्दछ तर बीमा गरिएको शीर्षक र क्षति सोही शीर्षकबमोजिम हुन जरुरी छ । उदाहरणको लागि एउटा मोटरको दुर्घटना बीमा गरिएको छ र सोही समयभित्रमा दुर्घटना भएमा उक्त मोटरमा भएको क्षतिको विवरणअनुसार क्षतिपूर्ति दिइन्छ । तर त्यही मोटर बाढीले बगाएमा, पहिरोले पुरेमा, आगलागी भएमा उक्त बीमाले क्षतिपूर्ति दिनुपर्दैन । त्यसैले क्षतिको निकटतम कारण के हो, त्यही हेरिन्छ ।

त्यस्तै, घरको आगलागी बीमा गरिएको छ तर भूकम्प आई घरको ग्यासपाइप चुँडिन गएर ग्यासको चुहावटले आगलागी भएको ठहर गरेमा यसको मुख्य कारण भूकम्प मानिन्छ, आगलागी बीमाले कभर गर्दैन वा क्षतिपूर्ति दिइँदैन । यसमा भूकम्पको बीमा समावेश गर्नुपर्दछ । त्यसैले बीमा गर्दा सबै शीर्षकको शुल्क तिरेर गर्नुपर्दछ ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार