free website hit counter

सरकारले हटायो पेट्रोलियम पदार्थमा लाग्दै पूर्वाधार कर

beemaadmin
२०७९ जेष्ठ १३, शुक्रबार

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको छ। प्रतिनिधिसभाको आजको बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले जेठ १० गतेको मन्त्रिपरिषद बैठकले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने निर्णय गरेको जानकारी गराए। उनले मन्त्रिपरिषदले गरेको निर्णय कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको छ । डा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बुढीगण्डकी आयोजना निर्माणका लागि भन्दै प्रतिलिटर ५ रुपैयाँ इन्धनमा कर लगाइएको थियो । तर, बुढीगण्डकी आयोजना निश्चित नभएपछि उक्त नाममा लिइँदै आईएको कर नेकपा एमालेका अध्यक्ष केपी ओली प्रधामन्त्री हुँदा ५ रुपैयाँ थपेर पूर्वाधार कर प्रतिलिटर १० रुपैयाँ बनाइएको थियो। १० रुपैयाँ कर हटेपछि अब पेट्रोल १० रुपैयाँ सस्तिने भएको छ । केही दिन अघि मात्रै नेपाल आयाल निगमले पेट्रोलको भाउ १८० रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रति लिटर १६३ रुपैयाँ पुर्याएको थियो । खाना पकाउने ग्याँसमा एकैपटक प्रति सिलिण्डर २ सय रुपैयाँ मूल्य बढेको थियो ।

सम्बन्धित समाचार